Section 92
स्वास्थ्य सेवामा पुन कायम भएमा तलब र भत्ता पाउने
(१)कुनै कर्मचारीलाई स्वास्थ्य सेवाबाट अवकाश दिने, हटाउने वा बर्खास्त गर्ने गरी भएको आदेश अदालतबाट रद्द भई निज स्वास्थ्य सेवामा पुन कायम भएमा त्यस्तो कर्मचारीले स्वास्थ्य सेवाबाट अवकाश दिइएको, हटाइएको वा बर्खास्त गरिएको मितिदेखि स्वास्थ्य सेवामा पुन कायम भएको मितिसम्मको तलब, भत्ता चाडपर्व खर्चर तलब बृद्धि (ग्रेड) पाउने भएमा सो समेत पाउनेछ ।
(२) यो ऐन लागू हुनु अघि निजामती सेवा ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० बमोजिम सेवाबाट अवकाश दिइएको, हटाइएको वा बर्खास्त गरिएको निजामती कर्मचारी अदालतको आदेशद्वारा सेवामा पुन कायम भएमा त्यस्तो कर्मचारीले पनि उपदफा (१) बमोजिम तलब, भत्ता+चाडपर्व खर्चर तलब बृद्धि पाउनेछ ।